Loading...
जनजाति महासंघको आन्दोलनमा गठबन्धनले सहयोग गर्ने

काठमाडौं, २२ फागुन । संघीय गठबन्धनले नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राख्दै सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघको आन्दोलनलाई सक्रियताका साथ सहयोग गर्ने भएको छ । गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आइतबार ४ बुँदे प्रेस विज्ञप्तरी जारी गर्दै महासंघको आन्दोलनमा गठबन्धनको सहयोग हुने जनाएको हो । गठबन्धनले तराई मधेसमा जारी पहिचान र संघीयताविरोधी खबरदारी अभियान र भण्डाफोर आन्दोलनमा सहभागी हुन आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारु लगायत समुदायसँग अपिल समेत गरेको छ । गठबन्धनले काठमाडौंको शंखरापुर नगरपालिका कायम हुनुपर्ने पक्षमा महिनौदेखि भइरहेको आन्दोलनमा पनि ऐक्यवद्धता जनाएको छ । गठबन्धनले छिटै अर्को बैठक बसी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *