Loading...
संघीय प्रेस फोरम धनकुटा जिल्ला समितिमा उत्तम देवान

धनकुटा, २२ फागुन । संघीय प्रेस फोरम नेपालअन्तर्गत धनकुटा जिल्ला शाखा गठन गरिएको छ । आइतबार धनकुटामा आयोजित पत्रकारहरुको भेलाले उत्तम देवानको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । समितिको उपाध्यमा तिवा चेम्जोङ, सचिवमा सिर्जना राई (क), सहसचिवमा डम्बर कार्की, कोषाध्यक्षमा सिर्जना राई (ख) छन् । सदस्यहरुमा मनिष प्रधान, पार्वती राई, रजिना राई, ममता आले, सुवास राई र टिकाराम राई छन् ।
भेलामा संघीय समाजवादी फोरम नेपाल किरात प्रदेश समितिका अध्यक्ष तथा पार्टीका राजनीतिक समिति सदस्य राजकुमार राई, केन्द्रीय सदस्य तथा लिम्बुवान प्रदेश इन्चार्ज आरसी तुम्बा, धनकुटाका वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई, पार्टीका धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, भूपु सैनिक प्रहरी महासंघका केन्द्रीय सदस्य हर्कनारायण राई, डम्बर कटुवाललगायत सहभागी थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *