Loading...

वीरगंज, फागुन २२
पर्साको सदरमुकाम वीरगंज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन संकल्न गरिएको करिब १५हजार हस्ताक्षर आज स्थानिय बिकास मन्त्री हितराज पाण्डे र राज्य मन्त्री श्रीप्रसाद जगेबुलाई हस्तान्तरण गरिएको छ । सदभावना पार्टी वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफको नेतृत्वमा गएको टोलीले छुटाछुटै भेटगरी मन्त्रालयमा सो हस्ताक्षर बुझाएको हो ।
हस्ताक्षर हस्तान्तरण पश्चात टोली संग छलफल गर्दै स्थानिय बिकास मन्त्री पाण्डेले महानगरपालिका बनाउन ध्यानाकर्षण गराएकोमा धन्यवाद दिदै मन्त्री पाण्डेले यस अभियानमा सांसद असक्षम र निरिह देखिएको बताए । मन्त्री पाण्डेल वीरगंज शहरलाई महानगरपालिका बनाउन उच्च स्तरीय संवाद थाल्ने जानकारी दिदै वीरगंजको वृहत बिकासको लागि मन्त्रालय सचेत रहेको बताएका थिए ।
यसैगरी राज्य मन्त्री श्रीप्रसाद जगेबुले टोलीले गरेको कामको प्रंशसा गर्दै वीरगंज शहरलाई महानगरपालिका बनाउन तत्काल अध्ययण गरिने बताएका थिए । नेपालको मुख्य भन्सार र प्रवेश द्वारा रहेको वीरगंज शहरलाई बिकास गर्न सरकार प्रतिवद्ध रहेको जनाएका थिए ।
यसैबिच सर्राफको नेतृत्वमा रहेको टोलीले वीरगंजको वृहत बिकासका लागि मन्त्री र राज्यमन्नत्रीलाई ९ बुंदे ज्ञापन पत्र समेत बुझाएको छ ।
ज्ञापन पत्र बुझाउदै नगर अध्यक्ष सर्राफले वीरगंज बिकासको लागि स्पेश्ल प्याकेजको व्यवस्था, सर्माट सिटी को रुपमा बिकास गर्न रिङ्ग रोड र अन्डरग्राउण्ड टेलिफोन र बिधुतिय योजना, क्लिन र ग्रीन वीरगंजको बिशेष गुरु योजना र आवश्यक बजेट,वीरगंजको भौतिक बिकास गर्न दातृ निकाय संग बिशेष पहल, वीरगंजमा २४ घण्टा बिद्युत आपुर्ती गर्न सम्बन्धित निकाय संग समन्वयकारी भुमिका , टोल टोलमा निशुल्क सोलार बती, थप वडाहरुमा पुर्वाधार बिकासका लागि बिशेष बजेट माँग गरेका छन ।
वीरगंज उमहानगरपालिका लाई महानगरपालिका बनाउन दवाद स्वरुप वीरगंजमा गरिएको ३ दिने हस्तारक्ष अभियान तथा सरोकारवालाहरु संग बिशेष बैठक समेत गरिएको नगर अध्यक्ष ओमप्रकास सर्राफले बताए । सो अभियानमा माओवादी केन्द्रका युवा नेता प्रभाकर गुप्ता लगायतका बारा ,पर्साका सम्पुर्ण जनसमुदायको सहयोग रहेको नेता सर्राफले बताए ।
टोलीमा सदभावना पार्टीका युवा नेताहरु पंकज पटेल,रामबाबु ठाकुर,शैलेस कर्ण लगायत माओवादी केन्द्रका केन्द्रिय सदस्य आदित्य पौडेल प्रकाश,नव नियुक्त पिछडा वर्ग बिकास समितिको बिज्ञ सदस्य म्यानेजर साह कानु को बिशेश उपस्थिति रहेको सदभावना पार्टी नगर कार्यसमितिका बीरगंज नगर सचीव संजय पटेलले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *