Loading...
रामसपा युवक दस्ता बीरगंज नगर संयोजकमा विष्णु पटेल मनोनित
बीरगंज, २२ फागुन
राष्ट्रिय मधेस समाजवादी पार्टी निकट युवा दस्ता बीरगंज नगर संयोजकको जिम्मेवार शत्रुधन कुर्मी उर्फ विष्णु पटेललाई दिएको छ । बीरगंज उपमहानगरपालिका वडा नं. १७ पिपरा निवासी पटेललाई आज पार्टी कार्यालय आदर्शनगरमा एक कार्यक्रमका बीच पार्टीका केन्द्रिय सदस्य एवं पुर्व जिल्ला विकास समिति पर्साका सभापति शम्भु चौरसिया र पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेलले मनोयन पत्र हस्ताणतरन गरि शुभकामना एवं बधाई दिएका थिए । साथै पटेललाई ७ दिन भित्रमा नगर कार्यसमिति विस्तार गर्ने थप जिम्मेवारी दिएको छ ।  अधिकार र पहिचानको लागि भएको मधेस आन्दोलनमा पटेलको सक्रिय भुमिका रहेको र रामसपाले गर्ने कार्यक्रमहरुमा समेत नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएका छन् । राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साको कार्यालयमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह, पर्सा जिल्ला संगठन प्रमुख प्रदिप सिंह ठकुरी, मुस्लिम विभाग बीरगंज नगर अध्यक्ष वकिल हवारीले शुभकामना दिएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *