
वीरगंज,फागुन
फागुन २७ गते बाराको जितपुरमा हुन लागेको नेकपा एमालेको मेची महाकाली अभियानलाई सफल बनाउन आज पर्साको बिभिन्न स्थानहरुमा ईलाका स्तरीय भेला सम्पन्न भएको छ । वीरगंज उपमहानगरपालिका वडा नं. २६ प्रसौनी बिर्तामा इलाका नं. ५ ,श्रीपुर वडा नं. १४ मा ईलाका नं. ४ र परवानीपुरमा ईलाका नं. ६ को ईलाका भेला सम्पन्न भएको हो ।
वीरगंज वडा नं. २६ प्रसौनी बिर्ताका वडा अध्यक्ष लालबाबु यादवको सभापतित्व तथा पर्साका सांसद जुनैद अंसारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मेची महाकाली अभियानलाई सफल बनाउन गहन छलफल संगै विभिन्न रणनितीहरु तय गरेको छ । ईलाका नं. ५को भेलामा पर्सा क्षेत्र नं. २ का सांसद बिचारी यादव, प्रदेश नं. २ का सदस्य बालगोपाल थापा, प्रभु हजरा, प्रचार प्रसार बिभाग केन्द्रिय सदस्य अरबिन्द सिंह, लोकतान्त्रिक मधेसी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मी, जिल्ला कमिटी सदस्य मेघराज पासवान,क्षेत्र नं. २का क्षेत्रिय सचिव मानदेव हजरा, जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक तिवारी, वडा नं. २६ का उपाध्यक्ष जगरनाथ दास लगायतको नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै वक्ताहरुले जितपुरमा हुने नेकपा एमालेको राष्ट्रिय अभियानलाई सफल बनाउन सवैले आ आफनो ठाँउबाट सहयोग गर्नुपर्ने धारणा राखेका थिए । एमाले बिरुद्ध मधेसमा गरिएको झुठा प्रचारलाई चिर्न अभियान महत्वपुण सावित हुने बताउदै वक्ताहरुले एमालेको लोकप्रियता बाट डराउनेहरु अभियानलाई असफल पार्न लागि परेको बताए ।
यसैगरी आज बिहान वीरगंज उपमहानगरपालिका वडा नं. १४ श्रीपुरमा ईलाका नं. ४ को भेला सम्पन्न भएको छ । एमालेका स्थानिय नेता प्रयाग महतोको सभापतित्वमा सम्पन्न भेलामा प्रमुख अतिथी पर्सा क्षेत्र ंनं. २ का सांसद बिचारी यादव, बिशिष्ट अतिथी पार्टीका केन्द्रिय सदस्य दिनेश राई , सांसद जुनैद अंसारी,लोकतान्त्रिक मधेसी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मी लगायतको नेता कार्यकर्ताले अभियान सफल बनाउन आ आफनो धारणा राखेका थिए ।
यसैगरी ईलाका नं. ६ को ईलाका स्तरीय भेला पर्साका परवानीपुर फार्ममा सम्पन्न भएको छ । स्थानिय नेता जलन्धर कुर्मीको सभापतित्वमा सम्पन्न भेलामा सांसद बिचारी यादव, जुनैद अंसारी, प्रदेश नं. २ का सदस्य बालगोपाल थापा, प्रभु हजरा, प्रचार प्रसार बिभाग केन्द्रिय सदस्य अरबिन्द सिंह, लोकतान्त्रिक मधेसी संगठनका पर्सा अध्यक्ष सुन्दर कुर्मी, जिल्ला कमिटी सदस्य मेघराज पासवान,क्षेत्र नं. २का क्षेत्रिय सचिव मानदेव हजरा, जिल्ला खेलकुद बिकास समितीका उपाध्यक्ष दिपक तिवारी लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments