Loading...
एमालेको अवरोधले नौ वर्षमा पनि हुलाकी राजमार्गको पुल बनेन पुलमा बजेटको कमिशन मागेर एमालेले हैरान पारेपछि निर्माण कम्पनीहरु भाग्न बिवस

मोरङ २२, फागुन । नेकपा एमालेको लगातार अवरोधले गर्दा हुलाकी राजमार्गको एउटा महत्वपूर्ण पुलको निर्माण कार्य नौ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । हुलाकी राजमार्गमा मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा नदीमा २०६५ सालदेखि निर्माणाधीन दुई सय नौं मिटरको लामो पुल आधा बनेर वर्षौदेखि बेवारिसे छ । मोरङ क्षेत्र नं १ का एमाले सांसद रिषि पोखरेल, झापा क्षेत्र नं ६ का सांसद् दिपक कार्की र विराटनगरमा गुण्डागर्दीको आरोप खेप्ने एमालेका युवा नेता परशुराम बस्नेत लगायतको अवरोधले गर्दा नौ वर्षमा पनि सो पुल बन्न नसकेको स्थानीय नेताहरुले आरोप लगाएका छन् ।

‘एमाले नेताहरुले बजेट भागबन्डाको चक्करमा पुल निर्माणमा अवरोध नगरेको भए रतुवा खोलाको पुल उहिल्यै बनिसक्थ्यो’– नेपाली कांग्रेसका स्थानीय नेता गिरिजा यादवले भने,– ‘एमाले अवरोध कै कारण सरकार र परियोजना प्रमुखले पनि समयमा निर्माण कार्य सम्पन्न गर्न चासो दिएनन् ।’
मोरङतिर क्षेत्र नं १ महादेवा चौकीघाट र झापातिर क्षेत्र नं ६ बालुगाउँ जोड्ने पुल एमाले नेताहरुको गतिलो कमिशन र कमाउधन्धा बनेर अलपत्र परेपछि स्थानीय आक्रोश चुलिएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा खोलामा वर्षायाममा पानी बढेपछि स्थानीयलाई आउजाउ गर्न निकै नै सास्ती हुने गरेको छ ।
‘निर्माण कार्य सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र ठेकेदार कम्पनीमा थुप्रै पटक डेलिगेन लिएर जाँदा पनि सुनुवाई भएन’– संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष उदय यादवले भने । समयमै निर्माण कार्य सम्पन्न गर्न सरकारी नियत पनि ठीक नदेखिएको र कमिशनको खेलले आयोजना अधूरै रहेको उनले गुनासो गरे ।
नौ वर्षअघि अच्युत पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम सुरु गरेपनि एमाले नेताहरुले पुलको भागबन्डा र कमिशन मागेर हैरान गरेपछि कालिकाले गौरी पार्वती कन्स्ट्रक्सन प्रालिलाई निर्माण ठेक्का बेचेर हिडेको थियो । गौरी पार्वती कम्पनीलाई पनि कालिका जस्तै कमिशन मागेर दिक्क बनाएपछि निर्माण कार्य बर्षौदेखि ठप्प छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *