Loading...
सप्तरी हत्याकाण्डको बिरोधमा आज र भोली मधेस बन्द गर्ने मधेसी मोर्चाको घोषणा

सप्तरी हत्याकाण्डको बिरोधमा मधसी मोर्चाले आज र भोली दुई दिन मधेस बन्द गर्ने भएको छ ।  मोर्चाको आकस्मिक बसेको बैैठकले सप्तरीमा चार जनाको ज्यान जाने गरी भएको घटनाको एमाले र सरकारले जिम्मा लिनु पर्ने समेत बताएको छ । मोर्चाले सरकारको समर्थन फिर्ता लिने बिषयमा थप छलफल गरेर निर्णय लिने बताएको छ ।

आज नै बस्ने बैठकले थप आन्दोलनको घोषणा समेत गर्ने भएको छ । मोर्चा ले सरकार दमनमा उत्रेको निष्कर्ष निकाल्दै त्यसको कडा प्रतिरोध गर्ने बताइएको छ ।  सप्तरीमा एमालेको मेची काली अभियानको क्रममा चार  जनाको ज्यान जाने गरी घटना घटे पछि मोर्चा थप आक्रोशित बनेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *