Loading...
सप्तरीको घटनामा मानवअधिकार आयोगको भूमिका शंकाष्पद देखिएको भन्दै स्थानीय यूवाहरु आक्रोशित

धनुषा , किरण कर्ण । तराई–मधेशमा अधिकार प्राप्तिको लागि भएको आन्दोलनको क्रममा सुरक्षानिकायले मानवअधिकारको उल्लंघन गर्दा समेत मानवअधिकार आयोगको भूमिका शंकाष्पद देखिएको भन्दै स्थानीय यूवाहरु आक्रोशित भएका छन् । सप्तरीको राजविराजमा भएको घटनामा प्रहरीले ठाडोरुपमा मानवअधिकारको उल्लंघन गरेको र राष्ट्रिय मानवअधिकार आयोगको भूमिका नदेखिएको भन्दै जनकपुरमा यूवाहरुले आयोगको कार्यालय घेराउ गरेका छन् । मंगलबार परिवर्तनको लागि यूवाको आयोजनामा जनकपुर स्थित राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालयको घेराउ गर्दै स्थानीय यूवाहरुले नारावाजी समेत गरेका छन् ।

 

परिवर्तनको लागि यूवाको अध्यक्ष सुशिल कर्णको अगुवाईमा भएको आयोगको कार्यालय घेराउको क्रममा सप्तरी घटनामा मानवअधिकार उल्लंघन गर्ने प्रहरी उपरिक्षक दिवेश लोहनीलाई निलम्बन गर, राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय जनकपुरको साम्प्रदायिक मानसिकता मुर्दावाद, खोई राष्ट्रिय मानवअधिकार आयोग, आयोगलाई विभेद रहित बनाउ र आयोगको मधेश विरोधी चरित्रको अन्त्य गर लगायतका नारावाजी यूवाहरुले गरेको थियो । आयोगको कार्यालय घेराउको क्रममा यूवा अभियन्ता मोहन रौनियार, किसन मण्डल, सुमित मिश्र, दिपेन्द्र साह लगायत सैयो यूवाको उपस्थिती रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *