Loading...
एमाले नेतृत्वको सामुहिक हत्याको प्रयास स्बरुप सप्तरी घटना घटाईएको एमालेको आरोप

नेकपा एमालेले सप्तरीमा एमाले नेतृत्वको सामुहिक हत्याको प्रयास स्बरुप सप्तरी घटना घटेको आरोप लगाएको छ । सप्तरी घटनाको बिषयमा प्रेस बिज्ञप्ति जारी गर्दे एमालेले सो आरोप लगाएको हो । उसले सप्तरी घटनाको दोषी मधेसी मोर्चा भएको ठहर गर्दे दोषीलाइ कारबाहीको माग समेत गरेको छ ।

एमालेले मेची महाकाली अभियान अहिलेलाई स्थगित भए पनि दुई दिन पछि पुन मकवानपुरबाट सुरु हुने जानकारी दिएको छ । एमालेले सरकार र मोर्चा दुबैको गैरजिम्मेबारीका कारण सप्तरी घटना घटेको बताएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *