Loading...

एमालेले मधेशी समुदायलाई अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ठहर गरेको छ । मोर्चा को बिज्ञ्पती पढ्नु होस ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
२३ फागुन, २०७३
प्रेस विज्ञप्ति
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आज मिति २०७३ फागुन २३ गते संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बसेको आकस्मिक बैठकले निम्न अनुसार निर्णय गरेको छ ।
१. सप्तरीमा जनताहरुले गरिरहेको शान्तिपूर्ण विरोध कार्यक्रमको सिलसिलामा प्रहरीले दमनकारी कार्य गरी सञ्जन मेहता, दिगम्बर यादव, पीताम्बर लाल मण्डल र आनन्द साहलाई गोली हानेर हत्या गर्नका साथै दर्जनौंलाई घाइते बनाएको छ । सरकारले गरेको यस्तो राज्य आतंक, हिंशा र हत्या गर्ने कार्यले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको समेत उल्लंघन गर्ने कार्य भएको छ । सरकारको यस्ता गैर लोकतान्त्रिक एवं अमानवीय हिंशात्मक कार्यको मधेशी मोर्चा घोर निन्दा एवं भत्र्सना गर्दछ ।
२. घाइते भएकाहरुको तत्काल स्वास्थ्य उपचारका साथै हत्यामा दोषि रहेकाहरुलाई तुरुन्त कारबाही गरिनु पर्दछ ।
३. नेकपा (एमाले) का केही शीर्ष नेताहरुले मधेश र मधेशीविरुद्व विषबमन गर्नेे व्यवहार, मधेशी समुदायलाई अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुन् भन्ने मोर्चाको ठहर छ ।
४. मधेशमा भइरहेको हिंशा, हत्या र नरसंहारको विरोधमा २०७३ साल फागुन २४ र २५ गते दुई दिन मधेश बन्द गरी राज्य आतंकको विरोध गर्ने निर्णय गरिन्छ । सो दुई दिने मधेश बन्द सफल पार्न सहयोग गरिदिनु हुन मोर्चा सम्पूर्ण जनसमुदायमा समक्ष अपील गर्दछ ।

१. उपेन्द्र यादव– अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल
२. राजेन्द्र महतो– अध्यक्ष, सद्भावना पार्टी
३. महेन्द्र राय यादव– अध्यक्ष, तराई मधेश सद्भावना पार्टी
४. अनिलकुमार झा– अध्यक्ष, नेपाल सद्भावना पार्टी
५. राजकिशोर यादव– अध्यक्ष, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक)
६. केशव झा– महासचिव, राष्ट्रिय मधेश समाजवादी पार्टी
७. राकेशकुमार मिश्र– सहमहामन्त्री, तराई–मधेश लोकतान्त्रिक पार्टी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *