Loading...
आखिर त्यस्तो के कारण थियो गृहमन्त्री बिमलेन्द्र निधिले गोली हान्न आदेश नै दिन पर्यो ?

प्रधानमन्त्री पुष्पकमल दाहालले गोली नहान्ने आदेश दिए पनि हिजो सप्तरीमा गोली चल्यो तीन जनाको मृत्यु भयो आखिर त्यस्तो के कारण थियो गृहमन्त्री बिमलेन्द्र निधिले गोली हान्न आदेश नै दिन पर्यो यसको चौतर्फी चासो र चिन्ता भएको छ । हिजो भएको सप्तरी घटनामा गृहमन्त्रीले गोली हान्ने आदेश दिनुको पछाडि अरु केही नभई एमालेलाई शान्ति सुरक्षाको प्रत्याभुत गर्न सरकार तयार रहेको जानकारी दिन गोली चलाउने आदेश दिएको खुलासा भएको छ ।
केही समय अघि मात्र एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री बिमलेन्द्र निधि बिच वाक युद्ध नै चलेको थियो । पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्षलाई शान्ति सुरक्षा दिन सरकार तयार रहेको आश्वस्त पार्न गोली चलाउने आदेश दिएको खुल्न आएको छ । नेकपा एमालेले गृहमन्त्री मधेसी मुलकै भएको कारण प्रश्न उठाउदै आएको थियो । एमालेको आरोपबाट बच्न गृहमन्त्रीले हिजो प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको स्रोतले बताएको छ ।
यता एमालेलाई आश्वस्त पार्न दिएको निर्देशनले प्रधानमन्त्री पुष्प कमल दाहाललाई भने अप्ठेरो पर्न गएकोमा गृहमन्त्री निधिले प्रधानमन्त्रीसँग माफी मागेको स्रोतले बताएको छ । हिजो माओबादी केन्द्रको हेडक्वाटर बैठक चलिरहँदा सप्तरीमा गोली चली तीन जनाको मृत्यु भएको खबरले प्रधानमन्त्री झस्केको बताईएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *