Loading...
मधेसी मोर्चा तथा संघीय गठबन्धनले आह्वान गरेको देश व्यापी विरोध सभा तथा नेपाल बन्दको आन्दोलनलाई आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले समर्थन गर्ने

काठमाडौं २४ फाल्गुन
नेकपा (एमाले) को मेची महाकाली अभियानको सन्दर्भमा २०७३ फागनु २३ गते सप्तरीमा आयोजित सभामा प्रहरीले गोलीहानी ७ जनाको हत्या र दर्जनौं घाइते हुनेगरी जुन अमानवीय घटना घटायो त्यो घटनाको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल, घोर निन्दा एवं भत्र्सना गरेको छ । उक्त घटना नियोजित रुपमा नेकपा एमालेले मधेशी जनताको अधिकार, आत्मसम्मान एवं स्वाभिमानमा आच पुर्याउने, मधेशी समुदायविरुद्व विभेदपूर्ण व्यवहार गर्नेे, अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हो भन्ने आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले ठहर गरेको छ । यसरी एमालेले राष्ट्रिय एकता, अखण्डता र साम्प्रदायिक सद्भाव भड्काउने नियतले मेची महाकाली यात्रा कार्यक्रम तयार गर्ने र सरकारले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रेका जनताको नरसंहार गरेर मानवअधिकारको गम्भीर उल्लंघन भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले बताएको छ । यसका विरुद्धमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको फागुन २४, २५ को तराई मधेस बन्द र संघीय गठबन्धनले आह्वान गरेको फागुन २६ को देश व्यापी विरोध सभा तथा फागुन २७ को नेपाल बन्दको आन्दोलनका कार्यक्रमप्रति आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालले ऐक्यबद्धता तथा समर्थन समेटा जनाएको छ ।
उसले सप्तरी घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका ७ जना मृतकहरुलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई स्वास्थ्य उपचार गर्न सरकार सँग माग समेत् गरेको छ । साथै, सहीदहरुप्रति हार्दिक श्रद्वाञ्जली तथा सहीदका परिवारप्रति समवेदना प्रकट गर्दै यस घटनाबाट उत्तेजित र मर्माहित भएका आम जनसमुदाय संयमित हुन र धैय धारण गर्न अनुरोध आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाल गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *