Loading...
राष्ट्रिय एकता, अखण्डता र साम्प्रदायिक सद्भाव भड्काउने नियतले मेची महाकाली यात्रा कार्यक्रम तयार पारेको गठबन्धनको ठहर

काठमाडौं २४ फाल्गुन संघीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आकस्मिक बैठक संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा बस्व्को छ । उक्त बैठकले नेकपा (एमाले) को मेची महाकाली अभियानको सन्दर्भमा २०७३ फागनु २३ गते सप्तरीमा आयोजित सभामा प्रहरीले गोलीहानी ७ जनाको हत्या र दर्जनौं घाइते हुनेगरी जुन अमानवीय घटना भयो, त्यो घटनाको संघीय गठबन्धन घोर निन्दा एवं भत्र्सना गरेको छ । उक्त घटना नियोजित रुपमा नेकपा एमालेले मधेशी जनताको अधिकार, आत्मसम्मान एवं स्वाभिमानमा आच पुर्याउने, मधेशी समुदायविरुद्व विभेदपूर्ण व्यवहार गर्नेे, अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हो भन्ने संघीय गठबन्धनको ठहर गरेको छ । यसरी एमालेले   गर्ने र सरकारले अधिकार प्राप्तिका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रेका जनताको नरसंहार गरेर मानवअधिकारको गम्भीर उल्लंघन गरेको छ । यसका विरुद्धमा संघीय गठबन्धनले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
गठबन्धन का आन्दोलनहरु :-
१. सप्तरी घटनाका विरुद्धमा यही फागुन २६ गते देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको ¥याली प्रदर्शन र विरोध सभा गर्ने । काठमाडौको हकमा दिउँसो १२ बजे भृकुटीमण्डपमा भेला भई विरोध ¥लायी प्रदर्शन गर्दै माइतीघर मण्डलामा पुग्ने ।
२. फागुन २७ गते नेपाल बन्द गर्ने ।
३. फागनु २५ गते संघीय गठबन्धनमा आबद्व सबै जिल्लाका राजनीतिक दल र मोर्चाहरुको बैठक बसी फागुन २६ को विरोध सभा र २७ गतेको नेपाल बन्दलाई सफल पार्ने ।
४. संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्न र स्थानीय तहको निर्वाचनको घोषणा ७ दिनभित्र फिर्ता लिन वर्तमान सरकारसँग माग गर्दछौँ । उक्त समय सीमाभित्र परिमार्जनसहित संविधान संशोधन नभएमा र स्थानीय तहको निर्वाचनको घोषणा फिर्ता नलिएमा संघीय गठबन्धनमा आबद्व संसदमा प्रतिनिधित्व गर्ने दलहरु र मधेशी मोर्चाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने ।
५. सप्तरी घटनामा मानवअधिकारको गम्भीर उल्लंघन भएकोले त्यसबारे ध्यानाकर्षण गराउन नेपालस्थित संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय मानवअधिकार आयोगलाई ज्ञापन पत्र दिने ।
६. मधेशी, आदिवासी जनजाति, दलित (शिल्पी), खस, थारु, मुश्लिम, महिला, उत्पीडित समुदाय, सीमान्तकृत र पिछडावर्ग आदिको समस्या बारे जानकारी गराउन अन्तर्राष्ट्रिय समुदायसँग बृहत् अन्तरक्रिया गर्ने ।
७. संघीय गठबन्धनले आह्वान गरेको विरोध सभा र नेपाल बन्द लगायत आन्दोलनका कार्यक्रमहरुमा समर्थन, सहयोग र सहभागिताका लागि विभिन्न राजनीतिक दल, नागरिक समाज, संचारकर्मी, मानवअधिकारकर्मी र आदिवासी जनजातिका संघसंस्थाहरुसहित आमजनसमुदायलाई आह्वान गर्दछौं ।
८. सप्तरीमा घटनामा प्रहरीको गोलीद्वारा ज्यान गुमाएका मृतकहरुलाई तत्काल सहीद घोषणा गर्न, मृतक परिवारलाई क्षतिपूर्ति दिन र घाइतेहरुलाई स्वास्थ्य उपचार गर्न सरकारलाई आह्वान गर्दछौं । साथै, सहीदहरुप्रति हार्दिक श्रद्वाञ्जली तथा सहीदका परिवारप्रति समवेदना प्रकट गर्दै यस घटनाबाट उत्तेजित र मर्माहित भएका आम जनसमुदाय संयमित हुन र धैय धारण गर्न अनुरोध गर्दछौं ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *