Loading...
सप्तरी घटनाको विरोधमा आज पनि तराई-मधेसका जिल्ला बन्द एमाले नेताहरु र प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड

सप्तरी घटनाको विरोधमा मधेसी मोर्चाले दोस्रो दिन आज पनि तराई-मधेसका जिल्ला बन्द गराएको छ । सप्तरीसहित, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु र बर्दियाका मुख्य बजार बन्द छन्। सप्तरीका बजार, कलकारखाना, शैक्षिकसंस्था पूर्ण रुपमा ठप्प छन् ।

मधेसी मोर्चा कार्यकर्ताहरुले आज पनि बिहानै देखि सप्तरी सदरमुकाम राजविराज लगायत पूर्व-पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुर लगायतका बजार क्षेत्रमा प्रदर्शन गर्दै बन्द गराएका छन् । मोर्चाका कार्यकर्ताहरुले एमाले नेताहरु र प्रमुख निर्वाचन आयुक्तको घरमा तोडफोड समेत गरेका छन् ।

एमालेको मेची-महाकाली अभियान अन्तर्गत सप्तरीको राजविराजमा  मधेसी मोर्चाका कार्यकर्ताहरुको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर मृत्यु भएकाहरुलाई शहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्नेलगायत ६ बुँदे माग राख्दै मोर्चाले विरोधका कार्यक्रम गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *