Loading...
आज पनि सप्तरीमा प्रदर्शन, सवारी साधनमा तोड़ फोड़, शव ल्याउन मोर्चाको बैठक बस्दै

राजविराज, २६ फागुन ( चन्दन रौनियार) । मलेठ घटना भएको चौथो दिन विहीबार पनि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जिल्लामा प्रदर्शन जारी राखेका छन् । नेकपा एमालेले सप्तरीको औद्योगिक क्षेत्रमा सोमवार आयोजना गरेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा मोर्चाको विरोध प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु तथा २७ जना घाइते भएको थियो । उक्त घटना पश्चात जिल्लाको अवस्था झन उग्र बन्दै गईरहेको छ ।

जिल्लामा बजार, शिक्षण संस्था, उद्योगधन्दा, कलकारखाना, यातायात पूर्ण रुपमा ठप्प रहेको छ । सदरमुकाम राजविराजको विभिन्न चौकहरुमा मोर्चाले विहानैदेखि टायर बालेर प्रदर्शन जारी राखेका छन् । यता जिल्लाको पूर्व–पश्चिम राजमार्ग समेत यातायातका साधन मोर्चाले चल्न दिएको छैन । बन्दको अवज्ञा गरेको भन्दै भारदह, रुपनी, कञ्चनपुर लगायतका स्थानहरुमा केही यातायातका साधनहरुमा तोडफोड समेत गरिएको छ ।

यता धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शव ल्याउने लगायतका विषयमा सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक दिनेश कुमार यादवले जानकारी दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *