
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । बिहीबार साँझ राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको उपस्थितीमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
सप्तरी घटनापछि राष्ट्रिय राजनीतिमा उतारचढाव संगै थापा उपप्रधानमन्त्री बनेका हुन् । सप्तरी घटनापछि मधेश केन्द्रित राजनीतिक दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने भनि रहँदा राप्रपाका तर्फबाट सरकारमा सहभागी हुनुले सरकारलाई थप वलियो बनाएको छ ।
राप्रपाको अध्यक्षमा निर्वाचित भएका कमल थापाले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्रीको सपथ ग्रहण गरेका हुन् । उनीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दिलनाथ गिरी पर्यटन मन्त्री बनेका छन् ।
Facebook Comments