Loading...
जाजरकोटको खाराका लागि छुटेको यात्रुवहाक बस दुर्घटना हुँदा २४ जना यात्रुको ज्यान  गयो

जाजरकोट, फागुन २६। जाजरकोटबाट पश्चिम जाजरकोटको खाराका लागि छुटेको यात्रुवहाक बस दुर्घटना हुँदा २४  जना यात्रुको ज्यान गएको छ । ४० जना घाइते भएका छन् । दिउँसो साढे ४ बजेतिर खलंगा बसपार्कबाट छुटेको ना ३ ख २२७९ नम्बरको भेरी गंगा यातायात व्यवसायी समितिको बस बसपार्कदेखि झण्डै तीन किलोमिटर पर पुग्नेबित्तिकै दुर्घटनामा परेको थियो । बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा मोडबाट झण्डै १ सय ५० मिटर तल खसेको छ । बस टुक्रा टुक्रा परेको अवस्थामा छ । अहिलेसम्म २४ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभएको छ ।

बत्ती छैन, मोबाइल बालेर उपचार ४० जना घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्थानीय बासिन्दा घाइतेलाई लगाइएको स्लाइन पानी समाएर सहयोग गरिरहेका छन् । अस्पतालको बत्ती बिग्रिएकाले समस्या थपिएको छ । स्थानीय सागंट रिसाग खोला लघु जलविद्युत आयोजना समितिले अस्पतालमा बत्ती बाल्ने तयारी गरिरहेको छ । अस्पतालको जेनेरेटर पनि बिग्रिएको छ । मोबाइल बालेर उपचार भैरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्ला अस्पालको शव गृहमा शव ल्याउने क्रम जारी छ । पानी पर्न लागेकोले उद्धारको काममा समस्या भएको छ । दुर्घटना भएको स्थलमा जंगल भएकोले उद्धार कार्यमा समस्या भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले घटनास्थलमा नै जेनेरेटेर चलाएर बत्ति बालेर उद्धार गरिरहेका छन् । बसमा एउटै परिवारका ७ जनासमेत यात्रा गरिरहेका थिए ।

त्यसमध्ये एक जना बुढी आमै मात्र घाइते अवस्थामा जिल्ला अस्पतालमा हुनुहुन्छ । अरुको अवस्था के छ अझै अज्ञात छ । प्रहरी उद्धारमा नै व्यस्त भएकोले मृत्यु हुनेको सनाखत गर्न सकिएको छैन । रेडक्रस र नेपाल स्काउटका स्वयंसेवीले पनि उद्धार कार्यमा सहयोग पुर्याइरहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *