Loading...
किन भए राप्रपा अध्यक्ष कमल थापा उप-प्रधानमन्त्री ?

राजु लामा
सप्तरी घटना र मधेसमा चलेको आन्दोलनका कारण के कमल थापा फेरि उदाएका हुन्, यक्ष प्रश्न उठेको छ ? संभिधान संशोधनको लागि कमल थापाको उदय भयो या मधेसी मोर्चाको सरकार बर्हिगमनको चेतावनी सँगै प्रधानमन्त्री पुष्प कमल दाहालले सरकारलाई टिकाउन थापाको आगमन भयो यो भावी दिनमा हेर्ने पर्नेछ तर एउटा कुरा निश्चित छ थापाको आगमन सँगै स्थानीय तहको चुनाब तोकिएकै मितिमा हुने पक्का भएको छ । प्रधानमन्त्री दाहालले बडो सुझबुझका साथ कमल थापालाई ल्याईएको हो यसमा कुनै शंका छैन ।
राप्रपाका शक्तिशाली अध्यक्षको सरकारमा प्रबेश सँग सरकारको मात्र नभएर सिंगो  मुलुकको आगामी दिनको राजनीतिक यात्रा तय हुने निश्चित छ । कमल थापाको सरकारमा स्थानीय मन्त्रीको रुपमा आगमन हुनु संयोग मात्र होइन दाहालको नेपाली राजनीतिमा बडो चतुर्याई मान्नु पर्ने हुन्छ । एक त सरकार मधेसी मोर्चाको माग बमोजिम संभिधान संशोधनको दुई तिहाइको नजिक छ अर्को तिर मोर्चा सहमतिमा नआए पुर्व राजा ज्ञानेन्द्रको शासनकालमा समेत स्थानीय निकायको चुनाब गराउन सक्ने कुशल तत्कालिन गृहमन्त्री कमल थापा उपप्रधानमन्त्री एबम स्थानीय बिकास मन्त्रीका रुपमा सरकारमा छन ।
यसरी संभिधान संशोधन या कार्यन्वयन दुबै बिषयलाई किनारा लगाउन कमल थापाको पुनँ नेपाली राजनीतिमा आगमन भएको मान्न सकिन्छ । अर्को तिर छिमेकी मुलुक भारतको सदासयताको निम्ति र बिशेष गरी भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको भुमिकालाई नेपाली राजनीतिमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव कायम गर्न उनको आगमन भएको हो । त्यति मात्र होइन बिगतमा केपी ओलीको सरकारको बखत आफू परराष्ट्र मन्त्री हुँदा भएको नेपाल र भारत बीचको तीन बूँदे सहमति कार्यन्वयनका निम्ति पनि उनको आगमन भएको हो ।
जे होस थापाको नेपाली राजनीतिमा पुनं आगमन संयोग मात्र नभई नेपाली राजनीतिमा बर्तमान प्रधानमन्त्री एबम माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालको बडो सुझबुझ र नेपाली राजनीतिको सफल अबतरणका यात्रा तय गर्नका निम्ति ल्याईएको हो यसमा कोही द्धबिधामा नपरे हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *