Loading...
मुख्य शहरी पुर्वाधार योजना अन्र्तगत सांसद यादवले सार्वजनिक गरे ७५ करोडको योजना
वीरगंज,फागुन २७
मुख्य शहरी पुर्वाधार योजना अन्र्तगत पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवले ७५ करोडको योजना सार्वजनिक गरेका छन । मुख्य शहरी पुर्वाधार योजना अन्र्तगत वीरगंज उपमहानगरपालिकाको बिकास लागि छुटयाइएको डेढ अरव मध्ये सांसद यादवले जिम्मा पाएका ७५ करोडको योजना सार्वजनिक गरेका हुन । १७ योजना मार्फत सांसद यादवले सडक ढलान, नाला निर्माण,  बाटो निर्माण तथा सोलार बती जडानलाई बिशेष प्राथमिकता दिएको बताए ।
सांसद यादवको योजना अन्र्तगत वीरगंज उपमहानगरपालिका वडा नं. २६ को सातोमाई मन्दिर देखि गैयाघाट हुदै प्रसौनी  वोर्डिङ्ग स्कुल देखि मनियारी ईनर्वा सम्मको नहर सडक छेउको सडक पक्की गर्ने र रामगढवा पुलदेखि बोर्डिङ्ग स्कुल सम्म पक्की  सडक निर्माण गर्ने, मलंगबाबा मन्दिर देखि पश्चिम मरलैयाह सम्म नाला तथा बाटो निर्माण, वीरगंज उपमहानगरपालिका वडा नं. २३ मा हरपतगंज हाईवे देखि नहर हुदै राजेन्द्रको घरबाट कलाउती पेट्रोल पम्प कुहडी हुदै रामपुर नहर सम्म पक्की सडक तथा नाला निर्माण, अपौनी स्कुल देखि सौराहा टोल हुदै हाईवे  सडक सम्म पडक सडक निर्माण,वीरगंज उपमहानगरपालिका वडा नं. २१ ईनर्वा मनियारी पदन जयसवालको घर देखि वडा नं. २५  मनियारी दलित बस्ती हुदै पैठानको घर हुदै हाईवे सम्म  पक्की सडक  निर्माण, वीरगंज वडा नं. १८  कलैया रोड देखि लक्ष्मणवा पोखरी छट घाट हुदै नहरिको बाटो  डिभाईन ईन्स्टच्युट सम्म पक्की  सडक तथा नाला निर्माण, वडा नं १७ बोलबम पेट्रोल पम्प बाईपास देखि पश्चिम जनस्वास्थ्य कार्यालय मेन रोड सम्म पक्की सडक तथा  नाला निर्माण, मेनरोड सानो पिपरा पश्चिम तिर बौद्धिमाई हुदै सिर्सिया खोलासम्म नाला तथा पक्की सडक निर्माण, वडा नं. २४ ताजपुर टोल देखि मेनरोड परवानीपुर हुदै चिकनी टोल सम्म नाला तथा पक्की  सडक निर्माण, वडा नं. १४ मा  माझी टोल ,दलित बस्ती  श्रीपुरमा सडक तथा नाला निर्माण, वडा नं. २३मा  सुगौली प्रहरी चौकी देखि वडा नं. २३ वडा समिती कार्यालय हुदै पुर्वारी टोल पोखरी सम्म नाला तथा सडक निर्माण ,राधेमाई देखि गण्डक हुदै सुखचैना सम्म पिच तथा नाला निर्माण (१० करोड), नेश्नल मेडिक जाने बाटो निर्माण तथा नाला निर्माण (७ किलोमिटर १२ करोड),सडक सुर्यबती जडान गर्ने (२० नम्बर वडा देखि ३० नम्बर वडा सम्म, १० करोड), नारायणी रंगशाला वडा नं. १६ पुर्वाधार निर्माण (५ करोड), मुर्ली पोखरीघाट निर्माण (डेढ करोड) र अपौनीमा रहेको गढीमाई मन्दिर बिकासको लागि (डेढ करोड ) रकम छुटाईएको छ ।
३ बर्ष भित्र निर्माण पुरा गरिसक्ने लक्ष्य रहेको योजनाको टेण्डर कार्य शुरु भईसकेको र चाडै नै योजना शुरु हुने सांसद यादवले बताए ।
बजेटले वीरगंज शहरको मुहार फेरिने हुदा सो बिकास योजनामा स्थानिय बासिन्दाले समेत आ आफनो ठाँउबाट सहयोग गरिदिन सांसद यादवले आग्रह गरेका छन ।
डेढ अरब मध्ये पर्सा क्षेत्र नं. १ का सांसद राजेन्द बहादुर अमात्यले पनि बिभिन्न शिर्षकमा ७५ करोडको बजेट सार्वजनिक गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *