Loading...
सप्तरी घटनाविरुद्व काठमाडौंसहित देशब्यापी विरोध प्रदर्शन

काठमाण्डौ २६, फागुन । सप्तरीको राजविराजमा सशस्त्र प्रहरीले चार जनालाई गोलिहानी हत्या र दर्जनौंलाई गम्भीर घाइते बनाएको घटनाविरुद्व देशभर विरोध प्रदर्शन भएको छ ।
संघीय गठबन्धनको आह्वानमा घटनाको न्यायीक छानबिन गरी दोषिलाई कारबाहीको माग गर्दै राजधानी काठमाडौंसहित बिहिबार मुलुकभर विरोध प्रदर्शन भएको हो । काठमाडौंको भृकुटीमण्डपमा भेला भई ब्यानर र प्ले
आदिवासी जनजाति संगठनहरु र मधेशी मोर्चासहित २८ दलीय गठबन्धनको आह्वानमा आज भृकुटिमण्डपमा दिउँसो १२ बजे भेला भई ब्यानर र प्ले कार्ड सहितको विरोध र्याली माइतीघर मण्डला पुगेर सभामा परिणत भएको थियो । संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वमा निकालिएको काठमाडौंको विरोधी र्याली भृकुटीमण्डपबाट सुरु भई शहीद गेट, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघर मण्डला पुगेको थियो ।
विरोध सभालाई गठबन्धनका नेता महन्थ ठाकुर, राजेन्द्र प्रसाद श्रेष्ठ, सुरेश आलेमगर, पेशल ढकाल, नविन रोका मगर, ब्रिषेशचन्द्र लाल, प्रेम लाल चौधरी लगायतले गरेका थिए । सप्तरी मलेठको नरसंहार सरकारको गैर जिम्मेवारपन, एमालेको नश्लीय चरित्रबाट उत्पन्न हैकमी रवैया, अराजनीतिक र हेपाहा अभिव्यक्तिको परिणाम भएको वक्ताहरुको भनाई थियो ।
गठबन्धनका नेताहरुले सरकारले सहिद घोषणा गर्नु पर्ने, मृतकका परिवारहरुलाई क्षतिपूर्ति दिनु पर्ने, घाइतेहरुको शीघ्र स्वास्थ लाभका कामना गर्दै उच्च स्तरको उपचार गर्नु पर्ने, राज्य आतंक बन्द गर्नु पर्ने, न्यायिक छानविन समिति गठन गरी दोषिहरुलाई कडा कारवाहि गर्नु पर्ने माग गर्नु गरेका छन् ।

परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्नु पर्ने, स्थानिय निकायको घोषित चुनाव फिर्ता लिनु पर्ने, सङ्घीय गठबन्धनले दिएको ७ दिने अल्टिमेटमभित्र सरकारले पूरा गर्नु पर्ने समेत माग गरेका छन् ।

यसैगरी, काठमाडौंसहित देशव्यापी जिल्ला सदरमुकामहरुमा पनि विरोध प्रदर्शन भएको छ । पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, झापा, मोरङ्, सुनसरी, सिरहा, उदयपुर, खोटाङ्, सोलु, रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा सरकार र एमाले विरुद्ध जनप्रदर्शन भएको छ ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलबस्तु, पाल्पा, बाग्लुङ, रुकुम, लम्जुङ, कास्की, गोर्खा, बाँके, दाङ्, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट आदी जिल्लाहरुमा समेत विरोध सभाहरु भएका छन् ।

मोर्चाको चर्को विरोधका बावजूद एमालेले सप्तरीको राजविराजमा आयोजना गरेको सभामा प्रहरीले गोली प्रहार गर्दा ४ जनाको ज्यान जानुका साथै दर्जनौ जनता गम्भीर घाइते भएका थिए ।
गठबन्धनले सप्तरी घटनाको विरोधमा काठमाण्डौ सहित देशब्यापी सबै जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । गठबन्धनले भोलि शुक्रबार नेपाल बन्दको आह्वान गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *