Loading...
सिमानामा गएर भावना पोख्नु भन्दा संयम हुन प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल भारत सिमानामा गएर भावना पोख्नु भन्दा संयम हुन आग्रह गर्नुभएको छ । कञ्चनपुर घटनाको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले सो कुरा बताउनुभएको हो । सरकार घटनाको बारे बेखबर छ भन्ने कुरा सरासर गलत हो सरकारले कुटनीतिक र सबै प्रकारको माध्ययमबाट घटनाको बिषयमा भारत सरकारलाई जानकारी गराइएको छ दाहालको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले मृतक परिबारलाई क्षतिपुर्ति दिने र मृतकको दाहसंस्कार गर्ने ब्यबस्था सरकारले मिलाउने बताउदै पिडित परिबारलाई सरकारले हेर्ने बताउनुभयो । दाहालले मुलुकको राजनीतिक अबस्था तरल भएकोले संयमता पुर्वक प्रस्तुत हुन सम्बन्धित सबैलाई नेपाल सरकारको तर्फबाट अनुरोध समेत गर्नुभएको छ ।
हिजो भारतीय एसएसबी फोर्सको गोली लागी नेपाली युवाको मृत्यु भएको थियो भने आज त्यही बिषयलाई लिएर कञ्चनपुरको नेपाल भारत सिमानामा बिहानै देखि तनाब भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *