Loading...
फिलिपिन्सबिरुद्ध खेल्ने फुटबल टोलीको सर्टलिष्ट सार्वजनिक

अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कप छनौट अन्तर्गत फिलिपिन्सबिरुद्धको खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीको सर्टलिष्ट सार्वजनिक गरेको छ । अन्तिम टोलीको घोषणा भने सम्भवतः अर्को साता गरिनेछ ।

पहिलो चरणमा टिममा बोलाइएका ३६ जनामध्येबाट नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले २७ जनाको सर्टलिष्ट सार्वजनिक गरेका हुन् । प्रारम्भिक छनौटमा परेका खेलाडीहरुले चार साता प्रशिक्षण गरेका थिए ।

२७ जना खेलाडी सहभागी गराएर बन्द प्रशिक्षक आगामी सोमबारदेखि हुनेछ ।

प्राम्भिक छनौटमा परेर दोस्रो छनौटमा नपरेका खेलाडीहरुमा विश्व अधिकारी, बिमल पाण्डे, युवराज खड्का र रविशंकर पासवान छन् । उनीहरु पहिलो पटक एन्फाको प्रारम्भिक छनौटमा परेका थिए ।

त्यस्तै खुट्टाको चोटका कारण सुपरस्टार स्ट्राइकर नवयुग श्रेष्ठ टिमबाट बाहिरिएका छन् । त्यस्तै हेमन्त थापामगर, सुनिल बाल, दीपक गुरुङ र दिनेश राजबंशीले पनि फिलिपिन्सबिरुद्धको टिममा स्थान बनाउन सकेनन् ।

एएफसी एसियन कप छनौटको पहिलो लेगमा नेपालले फिलिपिन्स बिरुद्ध मनिलास्थित रिजाल स्मृति रंगशाला मनिलामा आगामी मार्च २८ मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *