Loading...
आर्सनल र सिटी एफए कपको सेमिफाइनलमा

लण्डन – प्रिमियर लिग क्लब आर्सनल र म्यान्चेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा क्रमशः लिंकन सिटी क्लब र मिडल्सब्रोलाई हराउँदै दुई हेभिवेट टोली प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका हुन् ।

नन लिग क्लब लिंकन सिटीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै छैटौँ चरणसम्म अविस्मरणीय यात्रा तय गरेको थियो । आर्सनलभन्दा ८८ स्थान तल रहेको लिंकन सिटीले आर्सनललाई खेलको ४४ औँ मिनेटसम्म रोक्न सफल पनि भएको थियो ।

तर, आर्सनलले त्यसपछि गोलको वर्षा गर्दै ५–० को सहज जित हासिल गर्यो । योसँगै आर्सनल १३ औँ पटक उपाधि जित्ने होडमा कायम रहेको छ ।

आर्सनल पछिल्लो चार सिजनमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो तेस्रो पटक हो ।

आर्सनलको जीतमा थियो वालकोट, ओलिभर जिरु, एलेक्सिस सान्चेज र आरोन राम्से एक–एक गोल तथा लुक वाटरफलले आत्मघाती गोल गरे ।

जीतले पछिल्लो समय आलोचनाका केन्द्रविन्दु बनिरहेका आर्सनलका प्रशिक्षक आर्सनल वेंगरबाट पनि दबाब कम गराएको छ ।

उता, डेभिड सिल्भा र सर्जियो एगुएरोको गोलको मद्दतले सिटीले मिडल्सब्रोलाई हराएको छ ।

सिल्भाले खेलको तेस्रो मिनेटमा नै सिटीलाई अग्रता दिलाएका थिए भने खेलको दोस्रो हाफमा एगुएरोले सिटीको अग्रता दोब्बर बनाए ।

सिटी प्रतियोगिताको सेमिफाइनलमा पछिल्लो चार वर्षमा पहिलो पटक पुगेको हो ।

प्रशिक्षक पेप ग्वार्डिओला सिटीसँग पहिलो उपाधि जिते दाउमा रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *