Loading...
मधेशी मोर्चा र गठबन्धनका सबै कार्यक्रममा उपेन्द्र यादवको सहभागिता, अरु नेताहरु कता गए ?

 

सरोज खिलाडी

नेकपा एमालेको मेची महाकाली अभियान सफल बनाउने क्रममा शसत्र प्रहरिले गोली हानी हत्या गरेको बिरोधमा काठमाडौंमा संघिय गठबन्धनले बिरोध प्रदर्शन गरेको छ । बिरोध प्रदर्शनका बेला मोर्चामा सहभागी ७ वटै दलका अध्यक्षहरु काठमाडौंमै रहिरहदा समेत जुलुसमा सहभागिता जनाएनन । मधेशी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राज किशोर यादव आफ्नो गाडीबाट जुलुसमा सहभागी लाई हेरेर हिंडेका थिए। त्यसैगरी आफुलाई मधेशको महान नेता ठान्ने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने आउँदै आएनन । स्रोतका अनुसार उनी मधेशमा आफ्नो भोट बैंक भएको हुनाले मधेशका कार्यक्रमहरुमा मात्र सहभागी हुन्छन भने गठबन्धनका कार्यकरमहरुमा प्राय जादै जादैनन । उता तमलोपा अध्यक्ष महन्थ् ठाकुर भने एकै चोटि माइती घर मन्डला मै पुगेका थिए । अन्य दलका अध्यक्षहरु जुलुसमा भाग लिएका थिएनन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *