Loading...
कञ्चनपुर घटनामा भारतले माफी नमागे नेपाली जनताले नछाड्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताउनुभएको छ । मेची महाकाली अभियानलाई आज चितवन र नबलपरासीमा सम्बोधन गर्दे ओलीले सो कुरा बताउनुभएको हो । पुर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले भारतले माफी नमागे नेपाली जनताले भारतको नेपाली हत्या गर्ने कार्यका बिरुद्ध डटेर सामना गर्ने चेतावनी दिनुभएको छ ।

ओलीले मधेसी मोर्चा अलोकतान्त्रिक र तानाशाही भएको आरोप लगाउदै आफ्नै मुलुकमा कार्यक्रम गर्न नपाउनु खेदजन्य भएको जिकिर गनुभएको छ । ओलीले मधेसी जनता एमालेको पक्षमा रहेको बताउदै केही समय पछि अभियानलाई दुई नम्बर प्रदेशमा पनि सञ्चनलन गर्ने बताउनुभयो । ओलीले अभियान कसैको बिरुद्ध लक्षित नभएको भनाई राख्दै मधेसी मोर्चा अभियानबाट अत्तालिनु नपरने जिकर गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *