Loading...
रगंहरुको पर्ब होली आज धुमधामका साथ मनाउँदै

काठमाडौं । रगंहरुको पर्ब होली आज नेपालमा धुमधामका साथ मनाईरहेको छ । नेपालको उपत्यका र पहाडी भेगमा आज र मधेस तराई भेगमा भोली धुमधामका साथ होली मनाउने गर्दछ । असत्य माथि सत्यको जितको रुपमा मनाउने यो पर्ब बिशेष गरी युवा पिडीले मनाउने गर्दछ । बिष्णु भक्त प्रल्हादको आफ्नै बुबा हिरण्यकस्यपुले होलिका नामक आफ्नै फुपुको हातबाट जलाएर हत्या गराउने क्रममा उल्टै होलीकाको मृत्यु भएको र असत्यको हार भएको उपलक्ष्यमा यो पर्ब मनाउने गरेको किम्बदन्तीमा उल्लेख गरेको पाईन्छ ।

आज काठमाडौंमा बिहानै देखि चोक चोक र गल्ली गल्लीमा होली बिशेष कार्यक्रमको आयोजना गरी यो पर्ब भब्य रुपमा मनाईरहेको छ । होली पर्ब कै अबसरमा आज राष्ट्रपति बिद्यादेबी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन ,प्रधानमन्त्री पुष्प कमल दाहाल ,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायतले शुभकामना ब्यक्त गर्दे सबैमा सुख शान्तिको र राजनीतिक स्थायित्वको कामना समेत गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *