
वीरगंज,फागुन २९
सुर्या ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टर वीरगंजले आज वीरगंजमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । पर्सा क्षेत्र नं. २ का सांसद बिचारी प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ट्रेनिङ्ग सेन्टरका संचालक अकलेश कुमार साह, व्यवस्थापक रबिन्द्र यादव, प्रवक्ता राकेश कुमार साह गोंड, सल्लाहकार लालबाबु यादव,यातायात कार्यालयका कर्मचारी भिम केसी, प्रशिक्षक श्याम शर्मा,सदस्यहरु दिपक यादव,संजित गुप्ता,अरबिन्द शर्मा लगायतकाले एक अर्कामा रंग अबिर दलेर शुभकामना आदान प्रदान गरेका थिए ।
संघको कार्यालय वीरगंज –१६ प्रतिमा चौकमा आयोजित होली समारोहलाई सम्बोधन गर्दै सांसद यादवले असत्य माथि सत्य र खरावमाथि असल पक्षको बिजयको रुपमा मनाईने होली पर्वले मानव जिवनलाई रंगीन बनाउन मदत गरेको बताए ।सांसद यादवले रंगहरुको पर्व होलीले नेपाली समाजलाई एकसुत्रमा जोडेर आपसी सदभाव ,सहिष्णुता भाइचाराको आपसी मेलमिलापको वातावरण सिर्जना गर्न महत्वपुर्ण सहयोग गरेको बताउदै सभ्य र म्र्यादित तरिकाले होली मनाउन सम्पुर्णमा आग्रह गरेका थिए ।
Facebook Comments