Loading...
करिव करिव पानी बाराबारको व्यवहार अपनाउदै आएका दुइ राप्रपाबीच एकिकरणको तत्पर्ता र नेतृत्व चयन सर्वसम्मतजस्तै तरिकाले (कमल थापाको लागि )गर्ने कुरा सहज वा स्वाभाविक थिएन बरू रहस्यमय थियो

बद्रिनरसिह केसी

‘राष्ट्रियता , प्रजातन्त्र र उदारवाद’ को नारा दिएको राप्रपामा ‘उदारवादको अर्थ ‘अवसरवाद’ का रूपमा पनि बुझ्नुपर्ने भएको छ। नैतिकतालाइ राजनितिको बाधक मानिने जमातमा अवसरवाद जल्दोबल्दो प्रचलनका रूपमा स्वीकार्ने गरिन्छ। राजनीतिक आदर्शको बिजयी उपलब्धिका रूपमा राप्रपा नेपालले राप्रपासंग एकीकरण गर्न पुगेको होइन । किनभने , एकिकरण अगाडि एक व्यक्ति तानाशाही र अवसरवाद राप्रपा नेपालको सन्चालन कार्यशैलीका दुइटा पांग्रा हुन। जसको कारण त्यस पार्टीका वरिष्ठ नेता केशरबहादुर बिष्ट कमल थापाबाट निष्कासित भएको हुन ।

करिव करिव पानी बाराबारको व्यवहार अपनाउदै आएका दुइ राप्रपाबीच एकिकरणको तत्पर्ता र नेतृत्व चयन सर्वसम्मतजस्तै तरिकाले (कमल थापाको लागि )गर्ने कुरा सहज वा स्वाभाविक थिएन बरू रहस्यमय थियो। बिगतमा पार्टी हत्याउने र पद चाहिने राप्रपाका नेताहरूबिच सर्वसम्मतीजस्तै गरेर नेतृत्व चयन वा एकिकरण गर्नु निर्देशित विचारबाट भएको देखिएकोनै हो। यथार्थको कसीमा जाच्दा राप्रपाको यो एकिकरण वा नेतृत्व चयन सैद्धान्तिक र आदर्शवादी होइन केवल अवसरवादी राजनितीको एउटा रूप हो। यस्तै चरित्रको परिणाम स्वरूप बरिष्ट नेता डा. प्रकाशचन्द्र लोहनीको राप्रपा परित्यागको धोषणा सुरूवात मात्र हो।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *