Loading...
अरु कुरा गरौं, संभिधान संशोधनको कुरै नझिक्नुस भने पछि प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष आली बीचको बार्ता आज पनि निरर्थक

काठमाडौ । प्रधानमन्त्री पुष्प कमल दाहालले संभिधान संशोधन प्रस्तावको सर्मथनमा मागेको प्रस्ताबलाई एमाले अध्यक्ष केपी ओलीले ठाडै अस्वीकार गरेको छ । प्रधानमन्त्रीको चीन भ्रमणको बिषयमा परामर्श गर्न प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री निबास बालुवाटारमा बोलाएको मौका छोपी ओलीलाई मधेसी मोर्चालाई सहमतिमा ल्याई निर्बाचनको बातावरण बनाउन संभिधान संशोधनमा सहयोग गर्न आग्रह गरेको बुझिएको छ ।

मेची महाकाली अभियानमा सम्बोधन नगरी बालुवाटार छिरेका ओलीलाई चिन भ्रमणको सम्बन्धमा परामर्शमा बोलाए पनि दाहालले ओलीलाई सो आग्रह गरेको बुझिएको छ तर ओलीले चीन भ्रमणको शुभकामना दिए पनि संभिधान संशोधनमा पुरानै अडान दोहोर्याए पछि दाहालको आजको प्रयास पनि ब्यर्थ गएको छ । दुई नेता बीच अन्य बिषयमा भने समझदारी गरेर जाने सहमति भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *