
आदिवासी जनजाति संघसंस्थाहरूले उपत्यकामा आज सिटी जुलुस र कोणसभा गर्दै छन सिटी जुलुस र कोणसभा को लागी निकालीएको प्रेस बिज्ञ्पती यस प्रकार रहेको छ ।
प्रेस बिज्ञ्पती
चैत्र १ गते सिटी जुलुस र कोण सभामा अनिवार्य सहभागिता हुन अनुरोध
पहिचान र अधिकार प्राप्तिका लागि नेपाल आदिवासी जनजाति महासंघ र यसका घटक आदिवासी जनजातीय संघसंस्थाहरू, सम्बन्धन संगठनहरूको आह्वानमा घोषणा गरिएको पहिलो चरणको आन्दोलन (२०७३ फागुन १९ गतेदेखि २०७४ वैशाख ९ गतेसम्म)अन्तर्गत मिति २०७३ चैत्र १ गते मंगलबारको सिटी जुलुस र कोणसभामा सम्पूर्ण आदिवासी जनजाति संघसंस्थाहरू सामुहिक र वैयक्तिक तवरले तत्तत् क्षेत्रमा सक्रियतापूर्वक सहभागी भई उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ ।
मितिः २०७३ चैत्र १ गते मंगलबार (१४ मार्च २०१७)
भेला हुने समयः दिउँसो ३ः३० बजे
स्थानः काठमाडौंको शान्तिवाटिका रत्नपार्क (उपत्यकाको हकमा) – नेपाल आदिवासी जनजाति महासंघ, जातीय संस्थाहरू र सम्बन्धन संस्थाहरू
हरेक जिल्ला प्रशासन कार्यालय, नगरपालिका, गाविस कार्यालयहरू र विदेशस्थित राजदुतावास अगाडि – नेपाल आदिवासी जनजाति महासंघ जिल्ला, नगर, गाउँ समन्वय परिषदहरू र विदेश च्याप्टरहरू । ।
जय आदिवासी जनजाति ।
Facebook Comments