
राजविराज, ३० फागुन । होली पर्वका अघिल्लो दिन मधेशका जिल्लाहरुमा होलीका दहन गर्ने परम्परा रहँदैआएकोमा सप्तरीको मलेठ घटनाको स्मरण गर्दै ओलीका (ओलीको पुतला) दहन गरिएको छ ।
सप्तरीसहित मधेशका जिल्लाहरुमा आइतवार राती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै हठका कारण मलेठ घटना भएको भन्दै ओलीको पुतला दहन गरिएको हो । होरिया, होरी समूहहरुले परम्परागत गीत गाउँदै ओली प्रवृतीको अहंकार रुपी पुतला बनाएर जलाईएको समाचारहरु प्राप्त भएको छ । मलेठ हत्याकाण्डको शोकमा रङ्ग अबीर नलगाउने तथा तडकभडक प्रदर्शन बिना संस्कृतीलाई आत्मसात गर्दै सामान्य ढङ्गले होली मनाईरहेको जनाईएको छ ।
यस्तै कतिपय गाउँहरुमा भने होली पर्वमा यसवर्ष पूर्ण रुपमा रङ्ग अबीर मुक्त गरिएको खुरहुरियाका युवा रमेश प्रसाद यादवले जानकारी दिएका छन् ।
यसैगरी सोमवार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले राजविराज स्थित गजेन्द्र चौकमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पुतला बनाएर ‘ओलीका’ दहन गरेका छन् । मोर्चाका नेताहरुले होली दहन गर्ने परम्परा अनुसार नै ‘ओलीका’ दहन गरिएको जनाईएको छ (From Newstoday.com.np)
Facebook Comments