
काठमाडौं । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) तत्काल सरकारमा सहभागी नहुने भएको छ । लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले प्रधानमन्त्री पुष्प कमल दाहालले संभिधान संशोधन सहित निर्बाचनको सुनिश्चतता नगरेसम्म सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
बाहिर आएको जस्तो फोरम लोकतान्त्रिकले कुर्सीको लागि कुनै बार्गेनिंग गरेको छैन हामी एजेण्डामा प्रतिबद्द छौं चौधरीको दाबी छ । एमाले र मोर्चा दुबै अतिबादी र प्रधानमन्त्री दाहाल अनिर्णयको बन्दी भएका कारण मुलुक दुर्घटना उन्मुख छ उहाँले आरोप लगाउनुभएको छ ।
Facebook Comments