
काठमाडौ । प्रधानमन्त्री पुष्प कमल दाहालले मधेसी मोर्चालाई स्थानीय तहमा सहभागी हुन पुनं आग्रह गर्नुभएको छ । स्थानीय तह कार्यन्वयनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे दाहालले सो आग्रह गर्नुभएको छ । माओबादीका पनि मधेसको अधिकारको निम्ति तेह्र सय शहिद भएका छन म मधेसको जनताको अधिकारको पक्षमै छु , दाहालको कथन थियोे ।
उहाँले स्थानीय तहको निर्बाचनले जनताको अधिकार जनताको घर आँगनमा पुग्ने भन्दै निर्बाचनको बिकल्प सोच्न नसक्ने जिकर गर्नुभयो । प्रधानमन्त्री दाहालले संभिधान संशोधनमा आफु प्रतिबद्द रहेकोले कुनै शंका नपाल्न मधेसी मोर्चालाई आग्रह समेत गनुभएको छ ।
आज देखि मुलुकभर ७४४ स्थानीय निकाय कार्यन्वनमा आएको घोषणा कार्यक्रममा उप तथा स्थानिय बिकास मन्त्री कमल थापा लगायत अन्य उच्च अधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
Facebook Comments