Loading...
मधेसी मोर्चाले आहवान गरेको बाँके बन्दका बीच एमाले मेची काली अभियान सम्पन्न, मधेसी मोर्चा मधेसबाट नलखेटेसम्म मधेसी जनताले शान्ति नपाउने एमाले अध्यक्ष ओलीको ठोकुवा

काठमाडौ । नेकपा एमालेको मेची महाकाली अभियानलाई लक्षित गरी मधेसी मोर्चाले आहवान गरेको बाँके बन्दका बीच पनि अभियानमा हजारौंको सहभागिता भएको छ । मोर्चाले आज बिहानै देखि नेपालगञ्जको चोक चोकमा प्रर्दशन गरेको थियो भने सर्बसाधारणलाई कार्यक्रममा सहभागी नहुन भनिरहेको थियो । मोर्चाले एमाले कार्यकर्ता ओसारेको भन्दै एउटा यात्रुबाहक बसमा आगजनी गरेको छ ।

यता एमालेले भने निर्धारित समयमा तोकिएकै स्थानमा कार्यक्रम गरेको छ । एमालेले मेची महाकाली अभियान अन्र्तगत आज बाँके र बर्दियामा कार्यक्रम गरेको छ । सभालाई सम्बोधन गर्दे एमाले अध्यक्ष केपी ओलीले मधेसी मोर्चा अपराधिक कृयाकलापमा लागेको आरोप लगाउनुभएको छ ।

ओलीले मधेसी मोर्चालाई मधेसबाट नलखेटेसम्म मधेसी जनताले शान्ति नपाउने ठोकुवा गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *