
काठमाडौं । नेपाली कांग्रेसको पुर्व पदाधिकारी बैठकले मधेसी मोर्चाको माग सम्बोधन गरी निर्बाचनको बातावरण बनाउन पार्टीको तर्फबाट अधिकतम पहल गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको एक नेताले बताएका छन ।
काग्रेसले मधेसी मोर्चाको माग सम्बोधन गर्न संभिधान संशोधन गर्न सबै पक्षसँग छलफल गर्ने र निर्बाचनमा सबैको सहभागितको सुनिश्चतता गर्न सरकार र बिपक्षी दललाई आग्रह गर्ने बताइएको छ । कांग्रेसले पार्टीको भाबी योजना तय गर्न यही चैत १० गते केन्द्रिय समितिको बैठक बस्ने समेत निर्णय गरेको छ ।
Facebook Comments