Loading...
बैशाख पहिलो साता देखि अनिश्चितकालिन आम हड्ताल गर्ने मधेसी मोर्चाको तयारी

काठमाडौं । मधेसी मोर्चाले सरकारले आफ्रनो माग सम्बोधन नभए बैशाख पहिलो साता देखि अनिश्चितकालिन आम हड्ताल गर्ने तयारी गरेको छ । सरकारलाई दिएको सर्मथन औपचारिक रुपमा फिर्ता लिने बताएको मोर्चाले यस्ते तयारी गरेको मोर्चाका एक नेताले बताएका छन ।

चैतमा प्रचारात्मक कार्यक्रम गर्ने तयारी गरेको मोर्चाले बैशाखमा भने स्थानिय तहको निर्बाचन बिथोल्ने गरी निर्णायक आन्दोलन गर्ने बताएको छ । मोर्चाले बर्तमान सरकार पनि केपी ओली सरकार जस्तै आफुहरुको माग सुनुवाइ गर्नुृका साटो दमनमा उत्रेको आरोप लगाएको छ ।

मोर्चाको भोली बस्ने शिर्ष नेताहरुको बैठकले आगामी आन्दोलनको रुपरेखा तयार गरी सार्बजनिक गर्ने एक नेताले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *