
काठमाडौं । भारत भ्रमणमा रहनुभएका उपप्रधान एबम गृहमन्त्री बिमलेन्द्र निधि र राष्ट्रबादी कांग्रेस पार्टी, भारतका महासचिब एबम राष्ट्रिय सभाका सांसद डि पी त्रिपाठी बीच नयाँदिल्ली स्थित त्रिपाठी निबासमा आज भेटबार्ता भएको छ । भेटमा दुई नेता बीच नेपालको समसामयिक राजनीतिको बिषयमा चर्चा भएको बुझिएको छ ।
भेटमा निधिले नेपालमा संभिधान संशोधनमा भएको प्रगति, स्थानिय तहको निर्बाचन र मधेसबादी दलको आन्दोलनको बिषयमा जानकारी गराउनुभएको थियो । सो अबसरमा त्रिपाठीले सबै पक्षको सहमतिमा चुनाब गराउन र नेपालको राजनीतिक स्थायित्वको लागि भुमिका खेल्न निधिलाई सुझाव दिएको बुझिएको छ ।
निधिले दिल्लीमा रहँदा भारतीय प्रधानमन्त्री लगायत उच्च तहका नेताहरुसँग भेटने बताइएको छ ।
Facebook Comments