Loading...
कर तिरेको दस्तावेज लिक भएपछि ह्वाइट हाउसले जनायो कडा प्रतिक्रिया

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २००५ मा १५ करोड डलर आम्दानीबापत ३.८ करोड डलर कर तिरेको लिक गरिएको दस्तावेजमा देखिएको छ । दुई पृष्ठ लामो ट्याक्स रिटर्नको दस्तावेजलाई अमेरिकी टेलिभिजन नेटवर्क एमएसएनबिसीले सार्वजनिक गरेको हो ।कर तिरेको दस्तावेज लिक भएपछि ह्वाइट हाउसले कडा प्रतिक्रिया दिँदै सो कार्य गैरकानुनी भएको बताएको छ ।

२ पृष्ठ लामो दस्तावेज उनले तिरेको करको केही अंश रहेको र यसले ट्रम्पको सम्पूर्ण आम्दानी पत्ता नलाग्ने बताइएको छ । दस्तावेजमा ट्रम्पले आयकर बापत ५३ लाख डलर कर तिरेको र थप ३.१ करोड डलर अल्टरनेटिभ मिनिमम ट्याक्स (एएमटी) बापत तिरेको देखिएको छ ।

धनीहरुले कर छली गर्न नपाओस् भनेर एएमटीको व्यवस्था ५० वर्षअघि गरिएको थियो । ३.८ करोड डलर कर औसत अमेरिकी नागरिकभन्दा २४ प्रतिशतले धेरै हो । तर धनाड्यहरुको औसतभन्दा २७.४ प्रतिशतले कम हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *