Loading...
फोरम नेपालले लियो सबै भन्दा पहिला सरकारको समर्थन फिर्ता

काठमाडौँ । नेपालको पाचौ पार्टी संघिय समाजबादी फोरम नेपालले प्रचन्ड सरकारलाई दिएको समर्थन सबै मधेशी दल भन्दा पहिले फिर्ता लिएको छ । सामाजिक सन्जाल मार्फत मधेशी जनजाती जनताहरुले सरकारको समर्थन फिर्ता लिनु पर्ने धारणा राख्दै आएका थिए ।

आज फोरम नेपालका तर्फबाट सांसद शिवजी यादवले सभामुख ओनसरी  धर्तीलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाउनु भएको हो । फोरम नेपालका बरिष्ठ नेता अशोक राइले हस्ताक्षर गरेको पत्रमा आजैको मितीबाट फोरम नेपालले समर्थन फिर्ता लिएको उल्लेख छ ।

यसरी पत्र बुझाएर समर्थन फिर्ता लिने अन्य दलहरुको तुलनामा फोरम नेपाल पहिलो पार्टी भएको छ । मोर्चा सम्बद्द अन्य दलले भने समर्थन बुझाउन बाकी रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *