Loading...
प्रधानमन्त्री दाहालको पछिल्लो प्रस्ताबमा मधेसी मोर्चा लचक तत्काल आमहडताल लगायत कडा आन्दोलन नगर्ने

काठमाडौं । स्थानिय चुनाब अघि सिमांकन बाहेकको संभिधान संशोधन प्रस्ताव पारित गरेर जाने प्रधानमन्त्री पुष्प कमल दाहालको पछिल्लो प्रस्ताव पछि आन्दोलित मानसिकतामा रहेको मोर्चा केही लचक देखिएको छ । हिजो प्रधानमन्त्री दाहालले अत्यन्तै भावुक भएर आफू मधेसी ,जनजाती र उत्पीडित समुदायको निम्ति लडेको ब्यक्ति भएकोले शंका नर्गन आग्रह समेत गरिएको एक नेताले बताएका छन ।
प्रधानमन्त्री दाहालको सो प्रस्ताबमा मोर्चाका नेताहरुले छलफल पछि मात्र प्रतिक्रया जनाउने बताएका थिए । दाहालले आफ्ने बाध्यता बुझिदिन आग्रह गर्दे स्थानीय चुनाब पछि कुनै हालतमा सिमांकनको मुद्दालाई संशोधन मार्फत सम्बोधन गर्ने बिषयमा मोर्चाका नेताहरुलाई आश्वास्त पार्ने प्रयत्न गर्नुभएको थियो । त्यस लगतै बसेको मोर्चाको बैठकले दबाब बनाईराख्न सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि कडा आन्दोलनको कार्यक्रम भने तत्काललाई थाती राखेको छ ।
मोर्चाले मधसी जनताको आन्दोलित मानसिकता बुझेर आम हडताल सहितको कडा आन्दोलन घोषणा गर्ने भनीरहँदा प्रधानमन्त्री दाहालको पछिल्लो प्रस्तावलाई मध्यनजर गर्दे केही प्रचारात्मक आन्दोलनको कार्यक्रम मात्र मोर्चाले सार्बजनिक गरेको हो ।
यससँगै मोर्चाको रणनीति तत्काललाई सरकारलाई दबाब बनाईराख्ने यद्यपि कडा आन्दोलनमा नजाने देखिएको हो । मोर्चाका एक नेताले भने सरकारको हिजोको प्रस्तुतिबाट परिस्थीति केही सहज भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *