Loading...
मोर्चाद्धारा सरकारविरुद्ध आज देखि नै असहयोग र अवज्ञाको  आन्दोलन सुरु

तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा तमलोपा केन्द्रीय कार्यालय काठमाडौंमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सरकारलाइ असहयोग तथा अबरोध गर्ने निर्णय गरेको छ । साथै मोर्चाले आज देखि नै सरकार वा निर्वाचन आयोगले गर्ने सबै कार्यलाइ अबरोध सिर्जना गर्ने निर्णय गरेको छ । मोर्चाले खास गरेर निर्वाचन आयोगको हरेक गतिबिधिलाइ मध्य नजर गर्दै आन्दोलनको घोषणा गरेको छ । मोर्चाको कठोर आन्दोलनमा के के छ त ? हेनुहोस मोर्चाको बिज्ञप्ति ।

प्रेस विज्ञप्ति
आज मिति २०७३ चैत्र २ गतेका दिन तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष श्री महन्थ ठाकुरज्यूको अध्यक्षतामा तमलोपा केन्द्रीय कार्यालय काठमाडौंमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले निम्नानुसारका निर्णयहरु गरेको छ ।
१. २०७३ फागुन २३ गतेका दिन सरकारले सप्तरीको मलेठमा निहत्था जनतामाथि गोली प्रहार गरी ५ जना को हत्या गरेको कार्यको घोर भत्र्सना गर्दै शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिनुका साथै शहीद परिवारप्रति सम्वेदना व्यक्त गर्दछ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
२. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वर्तमान सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने प्रक्रिया पूरा गर्दै सरकारविरुद्ध २०७३ चैत्र ३ गते बिहीबारदेखि नै असहयोग र अवज्ञा आन्दोलन सुरु गर्ने ।
३. आन्दोलनका अन्य कार्यक्रमहरु निम्नानुसार छन् ः
क) २०७३ चैत्र ३ गते बिहीबारदेखि सरकार एवं निर्वाचन आयोगद्वारा घोषित निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम र स्थानीय तहको नयाँ संरचना कार्यान्वयनमा पूर्णतः असहयोग गर्ने ।
ख) २०७३ चैत्र १३ गते आइतबार सप्तरीको मलेठ घटनामा सहादत प्राप्त गरेका शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्न सप्तरीको राजविराजमा श्रद्धाञ्जली सभा गर्ने र सोही दिन सबै जिल्लाका सदरमुकामहरुमा पनि श्रद्धाञ्जली सभा गर्ने ।
ग) २०७३ चैत्र १५ गते मंगलबारका दिन जिल्ला–जिल्लाका निर्वाचन कार्यालयहरु घेराउ गर्ने ।

………………… …………………… ………………..
महन्थ ठाकुर           उपेन्द्र यादव               राजेन्द्र महतो
तमलोपा                   स.सं.फो.                     सदभावना पार्टी

अध्यक्ष                   अध्यक्ष                            अध्यक्ष
……………….. …………………… ……………………
महेन्द्र प्र. यादव           शरत्सिंह भण्डारी        अनिल कुमार झा
अध्यक्ष                             अध्यक्ष                       अध्यक्ष
तमसपा                        रामसपा                 नेपाल सदभावना पार्टी

……………………
राजकिशोर यादव
अध्यक्ष
मजफो गणतान्त्रिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *