
बिरगंज ,चैत ०२
नारायणी उपक्षेत्रीय अस्पताल बिकास सहयोग अभियानको आज मासिक बैठक सम्पन्न भएको छ।बैठकले अभियानद्वारा संचालित हेल्प डेस्क र अस्पताल बिकास र सुधारको समिक्षा गरेको छ।अस्पतालले अफ्नै फार्मेसीको लागी टेन्डर आह्वान गरि सकेको,अस्पतालमा शान्ति सुरक्षा चुस्नु दुरुस्त राख्न स्पेसल सेक्युरिटी गार्ड राखेको,नियमित सरसफाइ सुरु भएको,केही अबैध क्वाटर खाली गराइ सकिएको एवं अन्य सेवाहरुमा सुधारन्मोख अवस्था रहेकोले अभियानले छोटो समयमा उपलब्धि मुलक सुधार पाएको ठहर गरेको छ।साथै हेल्प (डेस्कले आम सेवाग्राही
लाई प्रभावकारी सेवा दिन सफल रहेकोले स्वयंसेवक उपलब्ध गराउन इक्छुक संघ (संस्थालाई आग्रह समेत गरेको छ।अभियानले निकट भबिस्यमा बिरामी राहत कोष स्थापनाको लागि गृह कार्य गर्ने समेत निर्णय गरेको छ।अभियान संयोजक एवं सदभावना पार्टी बिरगंज नगर अध्यक्ष ओमप्रकास सरार्फको अध्यक्षतामा सम्पन्न बैठकले अगामी दिनमा स्वास्थ संगै शिक्षाको क्षेत्रको सुधार,बिकास निर्माणको काममा निगरानी गर्ने एवं बिरगंजको पश्चिमी दिशाबाट बग्ने सिर्सिया नदिको सफाइ अभियानको लागि पनि सबै पक्ष संग सहकार्य एवं छलफल गरिने निर्णय गरिएको छ।समृद्ध बिरगंजको लागी बिकासको यो साझा अभियानमा सहभागी हुन सबै पक्ष संग आग्रह गरिएको छ।यसै बिच हेल्प डेस्कको सम्पर्कमा आए पछि अभियन्ता प्रकाश थारुको संयोजनमा उपचार्थ अति बिपन्न सिकिस्त बिरामी सिकिन्द्र मुसहर माझिलाई उपचारमा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ माझी नेसनल मेडिकल कलेजको आइसियुमा भर्ना छन् । बैठकमा नयाँ शक्ति पार्टीका केन्द्रिय सदस्य मोनिका सिह,नेपाल सदभावना पार्टी पर्सा जिल्ला अध्यक्ष कृष्ण पटेल,प्रसिद्ध भोजपुरी गायक
सुनिल पन्डित,सानोपाइलाका शैलेन्द्र त्रेपाठी,समाजिक अभियन्ता प्रकाश थारु,हेल्प डेस्क कोर्डिनेटर सुजिता तम्राकार,बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाइ,तमलोपाका रबि सरार्फ,बाल अभियन्ता जया साह,स्वयंसेवक प्रमुख देवेन्द यादव लगायतका उपस्थिति रहेको थियो।


Facebook Comments