Loading...
शासन सत्तामा कसको हालीमुहाली छ ? हो, उनैले देश बिगारेका हुन् । अब बुझ्न ढिलो नगरौं ।

२००७ सालको प्रजातन्त्रको स्थापना भएपछि २००८ सालको ग्राम पञ्चायत, पञ्चायत कालको विकासक्षेत्र, अञ्चल, जिल्ला, इलाका, नगर र गाउँ पञ्चायत हुँदै बहुदलकालमा विकासक्षेत्र, अञ्चल, जिल्लालाई यथावत नै राखेर पञ्चायत नामलाई मात्र हटाएर इलाका, नगरपालिका, गाविसमा रुपान्तरित गरियो । करिब पछिल्लो दुई दशकदेखि राज्यको अग्रगामी पुनर्संरचना… पुनर्संरचना…पुनर्संरचना खुबै भनियो तर ७४४ संख्याको स्थानीय तहलाई नियाल्दा त संरचनात्मक रुपले नयाँ केही पनि देखिदैन । नाम मात्रै गाउँपालिका नयाँ शब्द आएको छ । अझ भनौं, अधिकांश इलाकाहरूलाई नगरपालिका र गाउँपालिकामा रुपान्तरित गरिएको छ । आँखामा छारो हाल्न जातीवादीहरू निपुण छन् । उत्पीडितले कहिले कुरा बुझ्ने ? विभेदको शृङ्खला संघीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि नश्लीय सत्ताले कसरी थप्दो रहेछ भन्ने यो ज्वलन्त उदाहरण हो ।
वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावको अन्त्य गर्न राज्यको केन्द्रीकृत र एकात्मक ढाँचाको अन्त्य गरी राज्यको समावेशी, लोकतान्त्रिक संघीय शासन प्रणाली सहितको अग्रगामी पुनर्संरचना गरिने भनिएको बाचा सब हावा खाए । बाहुनवादी सोँचले ग्रसित जातीवादी शासकहरू गैरजिम्मेवार र षड्यन्त्रको जालो बुन्न माहिर छन् । मुलुक बिगार्ने शासन सत्ता चलाउनेहरू नै हुन् । ती को छन् ? शासन सत्तामा कसको हालीमुहाली छ ? हो, उनैले देश बिगारेका हुन् । अब बुझ्न ढिलो नगरौं ।

( छन्त्याल, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष हुन् । )

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *