Loading...
न्यायमुर्तीको गलत फैसलाबाट भू-माफियाहरुलाई उम्कीने मौका दिएकोमा आफू स्तब्ध भएको संसद्को श्रम तथा सम्बन्ध समन्वय समितिका सभापति प्रभु साहको खुलासा

जितेन्द्र लाल श्रीवास्तव,गौर/रौतहट । रौतहट जिल्लाको समदरमुकाम गौर स्थित आफनै निवास स्थानमा आयोजित पत्रकार समेलन मार्फत नेकपा माओवादी केन्द्रका कार्यलय सदस्य एवम श्रम तथा सम्बन्ध समन्वय समितिका सभापति प्रभु साहले रौतहटमा भू-माफियाहरु राष्ट्रियकरण भएका जग्गामा बसोबास भएका बस्ती नै फर्जी कागजातको आधारमा न्यायमुर्तीसंग मिलेर अधिकृत वारेशनामा बनाई उक्त जग्गा पास गराएको समाचार विभिन्न मिडियामा प्रकाशित भएपछि प्रहरीले ति व्यक्तिलाई मात्रै पक्राउ गरी अदालत समक्ष पेश गर्दा रौतहट अदालतमा पसल थापेर बसेका केही न्यायमुर्तीको गलत फैसलाबाट भू-माफियाहरुलाई उम्कीने मौका दिएकोमा आफू स्तब्ध भएको बतउनुभएको छ ।

थुनामा राखेर कारवाही गर्नपर्ने तथा न्यायको माग गर्दै जिल्ला अदालत अगाडी धर्नामा बसेका जनताहरुको भावनालाई कुठाराघात गर्दै न्यायधिशले करोडौंको जग्गामा जनही ३५ लाख धरौटी लिने निर्णयबाट न्याय माथि समेत प्रश्न चिन्ह खडा भएको आरोप नेता साहले लगाउनुभएको छ । किर्ते नागरिकता बनाउने प्रेस, अधिकृत वारेशनामा बनाउने न्यायमुर्ती, मालपोत र भुमिसुधार कार्यालयका कर्मचारीहरु तथा अभियोग पत्र तयार गर्ने पदाधिकारीहरु लाई उपस्थित गराएर कारवाही चलाउनु पर्ने अवस्थामा पसल थापेका केही न्यायमुर्तीका कारण अपराधीलाई चोख्याउने कार्यको विरुद्ध सिंगो न्याय क्षेत्र माथि प्रश्न चिन्ह खडा हुनु स्वभाविकै भएको बताउनु भयो ।

यसले गर्दा न्यालय माथि जन्ताको विश्वस घटदै गरेको अवस्थामा न्याय परिषदले यिनीहरुलाई कारवाही गरी जनतालाई राहत दिन समान्नीय प्रधान न्यायधिश ज्यु लाई आग्रह समेत गर्नु भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *