
जितेन्द्रलाल श्रीवास्तव, गौर । मधेसी मोर्चालाई बाहिर राखेर निर्बाचन गरे मुलुक गम्भीर दुर्घटनामा पर्ने माओबादी केन्द्रका नेता प्रभु शाहले चेतावनी दिनुभएको छ । रौतहट सदरमुकाम गौर स्थित आफनै निवासमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका कार्यलय सदस्य तथा संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समन्वय समितिका सभापति प्रभू साहले संविधान संशोधन नगरी मधेशी मोर्चालाई बाहिर राखेर निर्वाचन गरिदा त्यसको परिणाम नराम्रो आउन सक्ने र मुलुक दुर्घटनामा पर्न सक्ने कुरा बताउनुभयो ।
मधेशका उचित मागहरुलाई संविधान संशोधन प्रक्रियाबाट सम्बोधन गरी मोर्चालाई पनि समेटेर अघि बढ्न प्रधानमन्त्री प्रचण्ड क्रियाशिल रहेको र मोर्चाका मागलाई सम्बोधन गर्न विपक्षले पनि साथ दिनुपर्ने बताउनुभयो । सरकारमा बसेर पनि संसदमा पेश भएको संशोधन प्रस्तावको विपक्षमा अभिव्यक्ति दिनेहरुलाई सरकारमा बस्ने कुनै औचित्य नभएको जिकिर गर्दै र साहले प्रधानमन्त्री प्रचण्डको समन्वय गरी अघि बढ्ने बाटोलाई बाधक बन्ने तत्वहरुले गलत अभिव्यक्ति दिएर जनतालाई ठग्ने काम तत्काल बन्द गर्न समेत चेतावनी दिनुभयो ।
Facebook Comments