Loading...
नेपाल पत्रकार महासंघ मेट्रो एफ.एम. प्रतिष्ठान शाखाको अधिबेशन अनिश्चितकालको लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघ मेट्रो एफ.एम. प्रतिष्ठान शाखाको अधिबेशन बिशेष कारणबश हाललाई स्थगित गरिएको छ । प्रतिष्ठान शाखाका अध्यक्ष गजेन्द्र राज ओझाले आज एक बिज्ञप्ति प्रकाशित गरी सो जानकारी गराइएको हो । अध्यक्ष ओझाले महासंघ केन्द्रसँग समन्वय गरी शाखाको अधिबेशन पछि तय गर्ने पनि बताएको छ ।

बिज्ञप्तिमा भनिएको छ, अधिबेशनको  आगामी मितिको सम्बन्धमा सम्बद्द सबैलाई पछि जानकारी गराइने छ । यस सँगै मेट्रो एफ.एम. प्रतिष्ठान शाखाको अधिबेशन हाललाई टरेको छ ।

महासंघको उपत्यका लगायत दर्जनौ जिल्ला शाखाहरुको अधिबेशन सदस्यताको बिबादकोे कारण देखाई स्थागित भएका छन भने केन्द्रिय कार्यलयमा समेत तालाबन्दी गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *