Loading...
संघिय समाजबादी पार्टीका केन्द्रिय सदस्य सहित दर्जनौ सदभावना पार्टीमा प्रवेश, मधेश आन्दोलन सुरु भैसकेको सदभावना अधक्ष्य राजेन्द्र महतोको दाबी

जितेन्द्र लाल श्रीवास्तव,रौतहट । रौतहट जिल्लाको हाल गौर नगरपालीका अन्तरगत पर्ने वडा नं १२ मा पर्ने नेमधारी वासुदेव उच्च मावि मुडवलवको प्राङ्गनमा सदभावना पार्टीको पार्टी प्रवेश तथा भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ ।
पार्टी प्रवेश तथा भण्डाफोर कार्यक्रमका प्रमुख आतिथ्य सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले आज भन्दा १० वर्ष पहिला पनि मधेशीलाई धोका दिएको थियो र आज पनि धोका दियो यसैले आज देखी नै असहयोग आन्दोलनको घोषण गरेको बताए ।
मुख्य रुपमा संम्बिधान संसोधन गरी स्थानीय तहको संरचना जनसंख्याको अधारमा हुनु पर्ने तर त्यसो नभएको कारणले कुनै पनि हालतमा स्थानिय तहको संरचना अन्तरगत गाउपालीका वा नगरपालीकालाई मधेशमा कार्यवन्यन आफुले र मधेशी जन्ताले नगर्ने बताए ।
सो कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य रामेश्वर यादव र पुर्व महिला सभासद रम्भा देवीलाई सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले फुल माला लगाई पार्टी प्रवेश गराएका छन् ।
अन्य पार्टीका दर्जनौ कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन् । सोही कार्यक्रममा सदभावना पार्टीका सह महासचिव अजय गुप्ताले रौतहट जिल्लामा सदभावना पार्टी बाहेक अरु कोही आउन नसक्ने ठोकुवा गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *