
काठमाडौं । नेकपा एमालेको मेची महाकाली अभियान आज सम्पन्न भएको छ । कञ्चनपुरमा बिशाल जनसभा गरी एमालेले अभियान सम्पन्न भएको बताएको हो । पुर्वको झापाबाट प्रारम्भ भएको अभियान पश्चिममा कञ्चनपुर पुगेर आज समापन भएको छ ।बिगतमा जस्तै आज पनि सभामा जनताको बिशाल सहभागिता भएको छ ।
सभालाई एमाले अध्यक्ष सहित शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दे एमाले अध्यक्ष ओलीले सरकार र मोर्चाले चुनाब नगराउने प्रपञ्च बुनिरहेको आरोप लगाउनुभएको छ । ओलीले संभिधान संशोधन देश र जनताको हितमा नभएकोले कुनै पनि हालतमा प्रस्तावलाई पास हुन नदिने जिकिर गनुभएको छ ।
अभियानकै क्रममा सप्तरीको मलेठमा मधेसी मोर्चाको पाँच जनाको ज्यान जाने गरी प्रहरी सँग झडप भएको थियो । त्यस पछि एमालेले प्रदेश २ मा अभियान पछि सञ्चालन गर्ने भन्दै हेटौडाबाट पुनं अभियानलाई जारी राखेको थियो ।
Facebook Comments