Loading...
वैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न नसक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाबी

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनाब कुनै हालतमा नरोकिने बताउनुभएको छ । दाहालले संघीयताको मुद्दा माओबादीको भएको जिकिर गर्दै वल्ल जनताले संघीयता बुझ्न थालेको बताउनुभयो । अखिल (क्रान्तिकारी)को केन्द्रीय पदाधिकारी वैठकको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न नसक्ने दाबी गर्नुभयो ।
दाहालले युवा विद्यार्थीहरुलाई स्थानीय निर्बाचन सफल बनाउन लागी पर्न समेत आग्रह गर्नुभयो । संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचन कुनै हालतमा गर्नैपर्छ, दाहालको भनाइ थियो । अर्को प्रसङ्गमा दाहालले मधेशी मोर्चा संग छलफल भैरहेकोले उनीहरु पनि चुनाबमा सहभागी हुने ठोकुवा गर्नुभयो । अखिल (क्रान्तिकारी) ले स्ववियु निर्बाचनमा सफलता हासिल गरेकोमा प्रधानमन्त्री दाहालले बधाई समेत गर्नुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *