
संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसी मोर्चाले यसअघि नै आन्दोलन गर्ने घोषणा गरेको थियो । अब संघिय गठबन्धनले मोर्चाको आन्दोलनलाई समेत जोडेर थप कार्यक्रम अघि सारेको छ ।
गठबन्धनमा आवद्ध दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने र जनअबज्ञा तथा असहयोग आन्दोलन थाल्ने छन् । यस्तै चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई गर्ने, १३ गते श्रद्धाञ्जली सभा गर्ने र १४ गते स्थानीय तहको प्रतिवेदन जलाउने कार्यक्रम छ ।
Facebook Comments